कर्मचारी सञ्चय, नागरिक लगानी कोष र एचआइडीसीएलले सह-वित्तीयकरणको अगुवाई गर्न पाउने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कर्मचारी सञ्चय, नागरिक लगानी कोष र एचआइडीसीएलले सह-वित्तीयकरणको अगुवाई गर्न पाउने



काठमाडौं । विभिन्न परियोजनाहरुमा सह–वित्तीयकरण लगानी गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा हाइड्रोइलेट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले नेतृत्व लिन सक्ने गरी व्यवस्था मिलाएको छ ।

नेपाल राष्ट्र बैंकले सह–वित्तीयकरणको नेतृत्व बैंक तथा वित्तीय संस्थाले मात्र गर्न सक्ने व्यवस्था गरेको थियो । तर, उक्त वयवस्थालाई संशोधन गर्दै वित्तीय कारोबार गर्ने फरक प्रकृतिका कम्पनीहरुले पनि अगुवा गर्न सक्ने व्यवस्था गरेको हो ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जुनसुकै परियोजनाको सहवित्तयकरणको अगुवा संस्थाको रुपमा रहन सक्नेछन् तर, एचआइडीसीएलको सन्दर्भमा भने उक्त कम्पनीको कार्याक्षेत्र भित्रका परियोजनाहरुको सहवित्तीयकरणमा अगुवा गर्न सक्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७८ लाई संशोधन गर्दै बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरु र एचआइडीसीएलले (सम्बन्धित क्षेत्रमा) मात्र सह–वित्तीयकरणमा भाग लिन पाउने व्यवस्था गरेको छ । तर, कर्मचारी संञ्चयक कोष र नागरिक लगानी कोषलाइ यस बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्था एचआइडीएस (सम्बन्धित क्षेत्र) ले अगुवा संस्था हुने गरी गठन हुने सह–वित्तीयकरण समुहमा सहभागि भई कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्