केयर रेटिङ्ग नेपालद्वारा सनराइज बैंकलाई नयाँ रेटिङ्ग प्रदान - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

केयर रेटिङ्ग नेपालद्वारा सनराइज बैंकलाई नयाँ रेटिङ्ग प्रदान



काठमाडौं । सनराइज बैंकले नयाँ रेटिङ पाएको छ । केयर रेटिङ्ग नेपालले बैंकलाई ए माइनस ईस्यूवर रेटिङ्ग प्रदान गरेको हो । केयर रेटिङ्ग नेपालले बैंकलाई विगत ४ वर्षदेखि नियमित रुपमा ए रेटिङ्ग प्रदान गरिरहेको छ ।

ए माइनस रेटिङ्गले वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको जनाउँदछ । ‘ईस्यूवर रेटिङ्ग’ रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ ।

बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखीमहरुलाई न्यूनिकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्दछ ।


प्रतिक्रिया दिनुहोस्