दोहोरो अंकले घट्यो नेप्से, हाइड्रोपावर र निर्जिवन बीमा समूहमा लगानीकर्ता आर्कषित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

दोहोरो अंकले घट्यो नेप्से, हाइड्रोपावर र निर्जिवन बीमा समूहमा लगानीकर्ता आर्कषित



काठमाडौं । साताको अन्तिम शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा झरेको हो । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुो कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.२६ अंकले घटेको छ ।

बिहीबार कारोबारको अधिकांश समय हरियो देखिएकोमा अन्तिममा दोहोरो अंकले घटेर कारोबार बन्द भएको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने उचालिएको छ । एकैदिन बिहीबार साढे ८ अर्ब माथिको शेयर किनबेच भएको छ ।

दिनभर भएका १ लाख ८ हजार ३ सय ६५ कारोबारबाट २२४ कम्पनीरधितोपत्रको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच भएको छ । जसबाट कारोबार रकम ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ पुगेको छ । बजार घटेपनि धेरै जसो हाइड्रोपावर कम्पनीहरु र निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य उकालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्