मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल ड्यानडलियनमा १० प्रतिशत छुट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटेल ड्यानडलियनमा १० प्रतिशत छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन विभिन्न व्यवसायिक संस्थाहरु सँग सम्झौता गर्दै आएको छ । मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्र्यानडलियनसँग व्यवसायिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटेल ड्र्यानडलियनका सेवाहरु जस्तै बसाँई, बेड र ब्रेकफास्ट, रेस्टोरेन्ट जस्ता सेवा सुविधाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्