एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकलाई ५ वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा र सेवा निःशुल्क - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकलाई ५ वर्षसम्म ८४ लाख रुपैयाँसम्मको बीमा र सेवा निःशुल्क



काठमाडौं । एनआईसी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकहरूले अत्यन्त उत्साहजनक सहभागीता रहेको बैंकले जनाएको छ ।

बैंकले यसअघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको छ ।

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ । जसलाई निम्नानुसार तालिकामा देखाइएको छ :

सबै थप सुविधा÷फाईदाहरू यस अघि सर्वश्रेष्ठ खाताहरू खोलि सक्नु भएका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्नेछन् ।

बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाईदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा क्द्य टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंक हार्दिक अनुरोध गर्दछ ।

बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्