इन्भेष्टमेन्ट बैंकले ल्यायो २० वर्षमा ६ गुणा पाइने गज्जवको मुद्धती खाता, बीमाभन्दा राम्रो प्रतिफल दिन्छ : सीईओ पाण्डे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

इन्भेष्टमेन्ट बैंकले ल्यायो २० वर्षमा ६ गुणा पाइने गज्जवको मुद्धती खाता, बीमाभन्दा राम्रो प्रतिफल दिन्छ : सीईओ पाण्डे



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा २० वर्षमा ६ गुणा पाइने मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले पहिलोपटक भविष्यको लागी बीमा भन्दापनि राम्रो प्रतिफल दिने खाता संचालनमा ल्याएको छ । बैंकले २० वर्षमा ६ गुणा प्रतिफल पाइने ६ खाता संचालनमा ल्याएको बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले बताए ।

भविष्यमा आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व पुरा गर्नको लागी सहज हुने बैंकका सीईओ पाण्डेले बताए । न्यूनतम १० हजारमा यो खाता खोल्न सकिने बैंकले जनाएको छ । जुनसुकै उमेरका व्यक्तिले खाता खोल्न सक्ने तथा बचतको ९० प्रतिसतसम्म कर्जा पाइने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले भविष्यको लागी वचत गर्न चाहनेहरुलाई यो गज्जवको खाता रहेको बताए । बैंकलाई दिर्घकालिन लगानीको लागी सहयोग पु¥याउन यस्तो मुद्धती योजना ल्याइएको पाण्डेले बताए । वालबालिकाको लागी शिक्षा दिक्षाको लागी उपयोगी हुने यस योजनामा धेरैको चासो रकेको सीईओ पाण्डेले बताए ।

पाँच पटकसम्म ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक ‘२०७५–२०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । बैंकको ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

– निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने ।
– यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने ।
– न्यूनतम रु. १०,०००÷– (अक्षेरुपी रु. दश हजार)मा मुद्दती खाता खोल्न सकिने ।
– निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने ।
– सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने ।


प्रतिक्रिया दिनुहोस्