नेप्सेमा ३ कम्पनीको २ करोड ४० लाख बोनस शेयर सूचीकृत, निफ्रा बैंकको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार विभिन्न ३ बैंकको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक, सिभिल बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गरी २ करोड ४० लाख ४७ हजार २८१.४२ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको १ करोड ६० लाख कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै, सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापतको ४३ लाख २१ हजार ८३०.४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत बोनस शेयर वापतको ३७ लाख २५ हजार ४५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभां गरी कूल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।













