बोर्डका नवनियुक्त अध्यक्ष हमालले पदभार ग्रहण गरे, साना लगानीकर्ताको हितमा काम गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार पदभार ग्रहण गरेका छन् । नववियुक्त अध्यक्ष हमालले बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
अध्यक्ष हमाललाई अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनियताको सपथ गराएका थिए । गत बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
पदभार ग्रहण गर्दै हमालले साना लगानीकर्ता टिकाउन बजारको विकास गर्ने बताए । उनले भने, ‘साना लगानीकर्ता नबाँचे पुँजीबजार बिकास हुँदैन, साना लगानीकर्ताको हित हुने गरी काम गर्न पर्यन्त गर्नेछु ।’
साथै उनले कसैको लगानी पनि जोखिममा नपार्ने गरी कार्य गर्ने बताए । बजारलाई बलियो, स्वस्थ र पारदर्शी बनाउन पर्यत्न गर्दै बजारको विकास नै आफ्नो चाहना रहेको उनको भनाई छ ।













