चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्टले एनआईसी एशिया क्यापिटलको 'IDEA to IPO' सेवा लिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्टले एनआईसी एशिया क्यापिटलको ‘IDEA to IPO’ सेवा लिने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग (संस्थागत परामर्श) सेवा अन्तर्गत “IDEA to IPO” सेवा संचालन गरिरहेको छ ।

उक्त सेवा अन्तर्गत चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड र एन आई सी एशिया क्यापिटल लिमिटेड बीच “IDEA to IPO” सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडको विद्यमान अवस्था, कम्पनीको प्रबन्धपत्र नियमावली, धितोपत्र बोर्ड, कम्पनी ऐनमा भएको व्यवस्थाहरुको अध्ययन गरी उक्त कम्पनीको कारोवारको दायरा विस्तार गरिदिन, Private Equity/Venture Capital (PE/VC) तथा लगानी व्यवस्थापन (PMS) सेवा संचालन गर्नको लागि सम्बन्धित नियमनकारी निकायले तोके बमोजिमको सम्पूर्ण कागजात, पूर्वधारहरु र अन्य मापदण्ड पूरा गरी सम्बन्धित
निकायहरुमा स्वीकृती लिनको लागि निवेदन पेश गरिनेछ ।

“IDEA to IPO” सेवा अन्तर्गत यस क्यापिटलले चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु फागुन १२ गते बिहीबारदेखि एनआईसी एशिया क्यापिटल लिमिटेड, एनेक्सर भवन, टंक प्रसाद घुम्तीसडक, अनामनगर, काठमाण्डौ मार्फत हुने छ ।

उक्त कम्पनीका शेयरधनीहरुले सहज रुपमा आफ्नो नाममा भएको शेयर कारोवार गर्न मिल्ने गरी OTC Markets मा सूचिकरण गराइदिने व्यवस्था मिलाईने छ । साथै क्यापिटललेउक्त चार्टड क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेडलाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराइने छ । एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापना देखी IPOसम्मको कार्यलाई एकिकृत रुपमा सेवा उपलब्ध गराउने छ ।


प्रतिक्रिया दिनुहोस्