औषधि उद्योग एभरेष्ट प्रालिले आँखा र कानको ड्रपहररु उपलब्ध गराउने
काठमाडौं । नेपालकै पहिलो औषधि उद्योग एभरेष्ट प्रा.लि, जसले लार्जभोल्युम पेरेन्ट्रल्स, स्मलभोल्युम पेरेन्ट्रस, आँखा/कानको ड्रपहरुको उत्पादनलाई एउटै छतमुनी ल्याएको छ । यो उद्योग देशलाई इन्जेक्टेबल उत्पादनमा आत्मनिर्भर बनाउने, कम मुल्यमा उच्च गुणस्तरको इन्जेक्टेबल उत्पादनहरु उपलब्ध गराउने उदेश्यले स्थापना गरिएको थियो ।
प्लान्ट डब्ल्यु. एच. ओ.जी.एम.पी. मापदण्ड को पालना गर्दै स्थापना उद्योग ८५,००० वर्ग फिट जग्गामा ७८,००० भन्दा बढी क्षेत्रमा निर्माण भएको छ । यस उद्योगमा आधुनिकतम प्रयोग शाला, उच्च प्रविधिको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर रहेको बताइएकोे छ ।
पहिलो चरणको कोभिड कालमा भी.टी.एम. किट को अभाव भएको बेला “एभरेष्ट पेरेन्ट्रल्स प्रा.लि.“ ले कोभिड–१९ कोरोना भाइरस महामारीको परीक्षणमा प्रयोग हुने सी. डि. सी. गाइडलाइन अनुसार देशको पहिलो भाइरस ट्रान्सपोर्ट मिडियम (भी.टी.एम) किट बनाइएको थियो ।
रानासरिया ग्रुपले २०१५ मा यस सोचका साथ कि आफ्नै देशमा नेपाली जनताका लागि केही नयाँ र फरक गर्नु छ भनेर यस उद्योगको स्थापना गरेका थिए ।
महेश रानासरियाको विचार र सोचले उहाँको मनमा पलाएको सपना लाई दिशा दिइयो र अन्तत २०१५ मा ले “एभरेष्ट पेरेन्ट्रल्स प्रा.लि.“ को नामले औषधि उद्योगको शुरुआत गरियो । उत उद्योगले दर्जनों गुणस्तरिय उत्पादहरु बाट नेपाली औषधि बाजारमा एउटा अलग पहिचान कायम गरेको छ ।
यस उद्योगले पहिलो पल्ट नेपालमा यूरो हेडको अत्याधुनिक प्रविधि ल्याएको छ, जसले गर्दा संक्रमणको खतरा एकदम कम रहने उमङ्ग रानासरियाले जानकारी गराए । उनले भने ‘यस प्रविधिको उपयोगले उत्पादको मूल्य अलि बढ्दो रहेछ, तर हाम्रो लागि यो व्यापार मात्र नभएर जिम्मेवारी र सेवा पनि रहेकोले हामी उच्च गुणवत्ता लाई सर्वोपरि राखेर अगाडि बढी रहेका छौं ।’
यस उद्योगको लार्ज भोल्युम अन्तर्गत यूरो पोर्ट/स्ट्राइल पोर्ट स्लाइन पानी २००० बोतल प्रति घण्टा, यूरो पोर्ट/स्ट्राइल पोर्ट फ्लेक्सी ब्यागको स्लाइन पानी २५०० ब्याग प्रति घण्टा र स्मल भोल्युम अन्तर्गत ग्लास एम्पुल १४००० एम्पुल प्रति घण्टा, ग्लास भायल ७००० शीशी प्रति घण्टा, इयर ड्रप र आई ड्रप १४००० शीशी प्रति घण्टाको उत्पादन क्षमता रहेको छ ।
सीईओ रानासरियाले भने, ‘निकट भविष्यमा हामी जुन औषधि अहिले परराष्ट्र हरुबाट आयात गरिरहेका छौं, स्वदेशमा नै बनाएर र जुन बनी रहेको छ, त्यसको उत्पादन बढाएर परनिर्भरता न्यून गर्न सक्छौं र यसको आयातमा खर्च गर्नु पर्ने नेपाली मुद्रा पनि जोगाउन सक्छौं ।’
आफ्नो उद्योगमा उत्पादित औषधि हरुबाट नेपालमा हुने खपत लाई परिपूर्ण गरेर, निर्यात गरेर राष्ट्रलाई गौरवान्वित बनाउने र विदेशी मुद्रा नेपालमा ल्याउने पनि लक्ष्य उमङ्ग रानासरियाको रहेको छ । यसले आयात घाटा लाई पनि केही हद सम्म कम गर्नु जनाइएको छ ।
















