कर्णालीबाट साढे ४ हजारसहित शेयर बजारमा कारोबार गर्ने महिला ३ लाख ३१ हजार, अन्य कुन प्रदेशमा कति ?
काठमाडौं । शेयर बजारका बारेमा कुनै बेला औंलामा गन्न सकिने लगानीकर्ता थिए । प्रविधिको विकासले गर्दा शेयर बजारमा लगानीकर्ताको संख्या तिव्र रुपमा बढी रहेको छ । डिम्याट खाताको संख्या नै आधा करोड जनसंख्यामा पुगिसकेको छ । कुनै बेला घरमा मात्रै सिमित रहने महिलाको संख्या पनि शेयर बजारमा बढेको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७७–७८ को असार मसान्तसम्म शेयर बजारमा कारोबार गर्ने महिलाको संख्या ३ लाख ३१ हजार ३२१ जना रहेका छन् । नेप्सेको तथ्याङ्क अनुसार नेप्सेमा कारोबार गर्ने पुरुषको संख्या भने ५ लाख ४७ हजार ३५३ जना रहेको छन् ।
नेप्सको प्रादेशिक तथ्याङ्कमा भने नेप्सेमा सबैभन्दा धेरै कारोबार गर्ने संख्या बागमति प्रदेशमा रहेका छन् । बागमति प्रदेशमा २ लाख १७ हजार ३४६ जना पुरुष र १ लाख ३६ हजार ८६५ जना महिला गरी कूल ३ लाख ५४ हजार २११ जनाले नेप्सेमा कारोबार गर्ने गरेका छन् ।
त्यस्तै, दोस्रोमा प्रदेश नं. १ मा १ लाख ४ हजार जना पुरुष र ६८ हजार १९ जना महिला गरी कूल १ लाख ७२ हजार ३२४ जनाले नेप्सेमा कारोबार गर्ने गरेका छन् ।
गण्डकी प्रदेशमा ७७ हजार ४९४ जना पुरुष र ४७ हजार ८२३ जना महिला गरी १ लाख २५ हजार ३१७ जनाले शेयरमा कारोबार गर्ने गरेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा ५६ हजार ५०८ जना पुरुष र ३१ हजार ८०९ जना महिला गरी कूल ८८ हजार ३१७ जनाले शेयर बजारमा कारोबार गर्ने गरेको तथ्याङ्क छ ।
त्यस्तै, प्रदेश नं २ मा भने ५३ हजार २४० जना पुरुष र २६ हजार ३६ जना महिला गरी कूल ७९ हजार २७६ जनाले शेयर बजार कारोबार गर्छन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा २९ हजार ४४ जना पुरुष र १६ हजार १२१ जना महिला गरी कूल ४५ हजार १६५ जनाले शेयर कारोबार गर्ने गरेका छन् ।
त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । कर्णाली प्रदेशमा ९ हजार ४१६ जना पुरुष र ४ हजार ६४८ जना महिला गरी कूल कूल १४ हजार ६४ हजारले शेयर कारोबार गर्ने गरेको नेप्सेको तथ्याङ्क बताउँछ ।

















