सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्वरको कार्यसमितिमा मनोनीत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्वरको कार्यसमितिमा मनोनीत



काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रुपमा रहेको नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा मनोनीति भएका छन् ।

चेम्वरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फवाट सदस्यमा मनोनीत गरेको हो ।

चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको विधान अनुरुप शाक्यलाई सदस्यमा मनोनीत गरेको बताएका छन् ।

चेम्वरले कार्यसमितिमा मनोनीति गरेकोमा अध्यक्ष शाक्यले खुशी ब्यक्त गरे ।

उनले आफ्नो तर्फवाट चेम्वरको उद्धेश्य पूर्तिकालागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । चेम्वर मुलुकको सवैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधमिूलक संस्था हो ।


प्रतिक्रिया दिनुहोस्