महँगीको मार, सरकार बनौँ जिम्मेवार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

महँगीको मार, सरकार बनौँ जिम्मेवार



काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको अत्याधिक मूल्यवृद्धि भएका कारण महंगी बढ्न गएको छ । मुलुकमा भएको हालको मुल्यवृद्धिको कारक उद्योगी/व्यवसायीहरु नरहेको मोरंग व्यापार संघले प्रष्ट गरेको हो ।

हालको मुल्यवृद्धि नियन्त्रण गर्न नेपाल सरकारले ठूलो भूमिका निर्वाह गर्न सक्ने संघको बुझाई रहेकोले सरकार जिम्मेवार बनी केही उपायहरु समयमै अवलम्बन गर्न संघले सुझाव दिएको छ ।

१. बजेट भाषण मार्फत मात्र भन्सार महशुल निर्धारण गर्ने परिपाटीको अन्त्य गरी महँगाईलाई ध्यानमा राखी कुनै पनि वखत भन्सार महशुल घटबढ गर्न सकिने व्यवस्था गरिनु पर्दछ ।

२. सरकारले खाद्य संस्थान, साल्ट टेडिङ, नेश्नल ट्रेडिङ जस्ता सरकारी निकाय मार्फत खाद्य वस्तुको व्यवस्थित Buffer Stock राख्ने व्यवस्था गरिनु पर्दछ ।

३. खाद्य लगायत बढी भन्दा बढी सामानमा स्वदेशी आत्मनिर्भरता बढाउने नीति ल्याइनु पर्दछ ।

४. स्वदेशी उद्योग र कृषकको संरक्षणका लागि ऋणमा अधिकतम् ५/७ प्रतिशत व्याजदर कायम गरिनु पर्दछ ।

५. बैंकले स्वदेशी उद्योग र कृषकलाई चाहिए जति ऋण सहुलियत दरमा प्राथमिकताका साथ उपलब्ध गराउनु पर्दछ ।

६. उद्योगहरुको लागत कम गर्न श्रम नियमहरुमा केही वर्षका लागि Hire & Fire जस्ता नीति ल्याई Work Efficiency र उत्पादकत्व बढाउने रणनीति बनाउनु पर्दछ ।

७. स्वदेशी उद्योगहरुको लागि Sector-wise ५ वर्षीय नीति ल्याई उद्योगहरुको स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने तथा आयात प्रतिस्थापन गर्ने नीति ल्याइनु पर्दछ ।

८. उद्योगका लागि ५० प्रतिशत छुट र कृषकको लागि निःशुल्क रुपमा विद्यूत उपलब्ध गराइनु पर्दछ ।

९. खाद्य सामान, औद्योगिक कच्चा पदार्थ र तयारी वस्तुहरुको ढुवानीको लागत घटाउन डिजेलमा सरकारले करको दरहरु घटाउनु पर्दछ ।

१०. नीति निर्माण गर्ने सरकार र नीति पालना गराउने राष्ट्र सेवक कर्मचारीहरु जनताको समस्या प्रति संवेदनशील एवं उत्तरदायी हुने नीति ल्याइनु पर्दछ ।


प्रतिक्रिया दिनुहोस्