नबिल इन्भेष्टमेण्ट बैंकिंगको निःशुल्क टर्म लाइफ इन्स्योरेन्स तथा प्रमुख क्यान्सर योजना
नबिल इन्भेष्टमेण्ट बैंकिंगको निःशुल्क टर्म लाइफ इन्स्योरेन्स तथा प्रमुख क्यान्सर योजना
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले २०७८ सालको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लगानीकर्ता बन्न चाहने स्वावलम्बी नारीहरुको लागि सम्मान स्वरुप निःशुल्क टर्म लाइफ इन्स्योरेन्स तथा प्रमुख क्यान्सरहरु (Term Life Insurance and Major Cancers) सम्बन्धि योजना ल्याएको छ ।
यस्तो योजनामा भाग लिन चाहने नारीहरुले कम्पनीबाट प्रदान गर्दै आएको लगानी व्यवस्थापन सेवा प्राप्त गरेको हुनु पर्नेछ । घटीमा १० लाख रुपैयाँबाट प्रवेश गर्न सकिने यो सेवाबाट प्राप्त हुने प्रतिफल जुनसुकै बेला पनि लगानीकर्ताले बजारबाट झिक्न सक्नेछन् ।
क्यान्सर जस्तो घातक रोगको निःशुल्क इन्स्योरेन्स सेवा प्राप्त गरेवापत लगानीकर्ताले तीन लाख रुपैयाँसम्मको उपचार खर्च प्राप्त गर्न सक्नेछन् भने आवधिक जीवन बीमा अन्तर्गत ७५ हजार रुपैयाँसम्मको क्षतिपूर्ति प्राप्त गर्न सक्नेछन् । मेट लाइफ नेपालसंगको सहकार्यमा संचालिन यस्तो योजना २ वर्षको लागि हुनेछ भने यो योजना अन्तर्गतका लगानीकर्ताले जति वर्षसम्म हामीसंग सहकार्य गर्नु हुनेछ ।
त्यति नै वर्षसम्म पनि यो योजनामा सहभागी नारीहरुको लागि यो सूबिधा उपलब्ध गराईनेछ । त्यस्तै Health Partner को रुपमा ePharmacy रहेको छ । जसले लगानीकर्ता नारीहरुको लागि औषधी खरिद तथा अन्य बिक्री हुने वस्तुहरुमा विशेष छुटको व्यवस्था गरेको छ
आफ्ना ग्राहकहरुको स्वास्थ्यमा विशेष ध्यान दिने उद्देश्यले संचालित यो योजनामा केवल नेपाली नारी लगानीकर्ताहरु मात्र सहभागि हुन पाउने छन् ।
विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनिहरुको लगानीको उचित व्यवस्थापन गरिने र लगानीकर्ताहरुलाई उच्चतम दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले संचालित यो योजनाको लागि कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकहरुको व्यवस्था गरेको छ ।
जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसक्नु भएको लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसक्नु भएका लगानीकर्ताहरुले यसबाट उचित फाईदा लिन सक्नु हुनेछ ।
यो लगानी व्यवस्थापन सेवामा दक्ष Portfolio Analyst तथा गहन विश्लेषण,Research को आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्ताहरुको लगानीको निर्णय लिईनेछ ।
लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला लगानीकर्ताले बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ भने यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन गराई प्रवेश गर्न सकिनेछ ।
यो सेवा सर्वसाधारण नारी लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्नेछन् । लगानीकर्ताहरुलाई यो सेवा सम्बन्धि अन्य जानकारी आवश्यक परेमा कम्पनीको ईमेल [email protected] वा [email protected] ईमेल गर्न सकिन्छ भने फोन नम्बर ४४११६०४, ४४११७३३ Ext. 134/141 मा सम्पक गर्न सकिन्छ ।













