१० श्रावण २०८३, आइतबार

गुराँस लाइफको राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

गुराँस लाइफको राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, एमडिआरटी, सीओटी तथा टिओटी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

फागुन २२ गते देशभरिका ४ सय उत्कृष्ट अभिकर्ताहरुको सहभागीतामा पोखरामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन कम्पनीका प्रशासन विभाग प्रमुख बोधलाल पुरीले गरेका थिए भने वागत मन्तब्य कम्पनीका पोखरा क्षेत्रिय प्रमुख बाबुराम पौडेले गरेका थिए ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले अभिकर्ताहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ र कम्पनीको व्यवसाय लाई कसरी सवल बनाई बीमा क्षेत्रमा योग्दान गर्न सकिन्छ भनी प्रशिक्षण दिएका थिए ।

साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले अभिकर्ताहरु बीमा क्षेत्रको मेरुदण्ड भएकाले देशको अर्थतन्त्र माथि उकास्न अभिकर्ताहरुले आफ्नो पेशालाई अझ परिस्कृत, वस्तु निष्ठ तथा व्यवसायिक बनाउन सल्लाह सुझाव तथा हौसला प्रदान गरे ।

उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सकारात्मक उर्जा प्रदान तथा क्षमता अभिवृद्धी सम्बन्धि तालिम, उत्प्रेरक सुदिप वस्नेतले प्रदान गरे ।