१० श्रावण २०८३, आइतबार

होलीमा रमाउँदै बैकर्स, तस्बिरमा हेर्नुहोस् 

होलीमा रमाउँदै बैकर्स, तस्बिरमा हेर्नुहोस् 



काठमाडौँ । सधैँ काममा व्यस्त रहने बैंकर्सहरु पनि बिहीबार होलीमा व्यस्त रहेका छन् । सरकारले होली पर्वमा बिदा दिँदै आएको छ । बिदालाई सदुपयोग गर्दै बैङ्कमा काम गर्ने कर्मचारीहरूले घर घरमै होलीमा रमाएका छन् । होली आफैमा रंगिन पर्व हो । एक आपसमा रङ्ग दलेर खुसीयाली साटासाट गर्ने पर्व होली सबै नेपालीहरूले मनाइरहेका छन् ।

बुधबारनै बैङ्कमा सामूहिक होली बनाएका नविल बैङ्कका पिआर अफिसर कृष्ण सुवेदी बिहीबार भने घरमै परिवारसँग होली मनाएको बताएका छन् । ‘मलाई होली असाध्यै मन पर्छ आज सपरिवार होली बनाइरहेका छौँ’ सुवेदीले भने । उता एभरेस्ट बैङ्कका पिआर अफिसर पुष्पराज उप्रेती पनि परिवारसँगै होली बनाउन व्यस्त छन् ।

एनआइसी एसिया बैङ्कका पिआर अफिसर कैलाश गौतमले रंगिन भएर सपरिवारको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । उता मुक्तिनाथ विकास बैङ्क बट्टार शाखाका कर्मचारीले हिजो बुधबारनै होली खेलेको तस्बिर पोस्ट गरेका छन् ।