ब्रोकर नं. ११ लाई धितोपत्र बोर्डको डण्डा, नियम विपरित कार्य गरेको भन्दै ७५ हजार रूपैयाँ जरिवाना
ब्रोकर नं. ११ लाई धितोपत्र बोर्डको डण्डा, नियम विपरित कार्य गरेको भन्दै ७५ हजार रूपैयाँ जरिवाना
काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले ब्रोकर नं. ११ अर्थात् मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गलाई कारवाही गरेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गलाई कारवाही गरी ७५ हजार रुपैयाँ जरिवाना रिाईएको हो ।
धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ७५ हजार रूपैयाँ जरिवाना गरेको हे ।
‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१) को “ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसंग कारोबार सम्झौता गर्नु पर्ने छ” व्यवस्था र सोही विनियमको उपविनियम (२) को “उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा कारोवार सदस्य र लगानीकर्ता बिचमा लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने” व्यवस्था विपरित सम्झौता नगरी आफु खुसी १३ प्रतिशत देखि १८ प्रतिशत सम्म व्याज असुल उपर गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको हो ।’ बोर्डले सूचनामा उल्लेख गरिएको छ ।
धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी प्रा. लि लाई जरिवाना गरिएको।
नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग क. प्रा. लि लाई धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएकोले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम रु ७५०००।– (पचहत्तर हजार) जरिवाना गरेको छ ।
धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (१) को “ग्राहकको लागि धितोपत्रको कारोबार गर्न कारोबार सदस्यले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ बमोजिमको ग्राहक पहिचान प्राप्त गरी ग्राहकसंग कारोबार सम्झौता गर्नु पर्नेछ” व्यवस्था र सोही विनियमको उपविनियम (२) को “उपविनियम (१) बमोजिमको सम्झौतामा समावेश गर्नुपर्ने विषयहरुमा अन्य व्यवस्थाहरुको अतिरिक्त खण्ड (ठ) मा कारोवार सदस्य र लगानीकर्ता बिचमा लिन दिन बाँकी रकमबाट सृजित दायित्व वा प्रतिफल सम्बन्धी विषय पनि उल्लेख हुनुपर्ने” व्यवस्था विपरित सम्झौता नगरी आफु खुशि १३ प्रतिशत देखि १८ प्रतिशत सम्म व्याज असुल उपर गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई सो जरिवाना गरिएको हो ।
मिति: २०७८।१२।०८













