११ श्रावण २०८३, सोमबार

नेको इन्स्योरेन्सका सीईओको तलव बढ्यो, एक बर्षमा सीईओ खड्काले साढे १ करोड रुपैयाँ बुझे

नेको इन्स्योरेन्सका सीईओको तलव बढ्यो, एक बर्षमा सीईओ खड्काले साढे १ करोड रुपैयाँ बुझे



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक आम्दानी साढे १ करोड रुपैयाँ रहेको छ । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्काले गत आर्थिक बर्ष २०७७–७८ मा पारिश्रमिकवापत १ करोड ४० लाख २४ हजार २५५ रुपैयाँ बुझेका छन् ।

सीईओ खड्काले वार्षिक तलब भत्ता तथा अलाउन्सेस बापत ६२ लाख ७५ हजार रुपैयाँ, कर्मचारी बोनस बापत २९ लाख २६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

अघिल्लो आर्थिक बर्ष भने सीईओ खड्काले ९४ लाख २० हजार ५५७ रुपैयाँ मात्रै पारिश्रमिक बुझेका थिए ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ मा संचालकहरुलाई बैठक भत्ता वापत १३ लाख ८० हजार रुपैयाँ भुक्तान गरेको छ । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७७–०७८ को व्यवस्थापन खर्च ३७ करोड ४८ लाख ७० हजार ४९९ रुपैयाँ खर्च गरेको छ ।