बीमा कम्पनीको चुक्ता पूँजी दोब्बरले बढाउने, पुनर्बीमाको २० अर्ब, जीवनको बीमा ५ अर्ब रुपैयाँ
बीमा कम्पनीको चुक्ता पूँजी दोब्बरले बढाउने, पुनर्बीमाको २० अर्ब, जीवनको बीमा ५ अर्ब रुपैयाँ
काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउनको लागि बीमा समितिले तयारी थालेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय समितिले चुक्ता पूँजी दोब्बरले बढाउने गरी तयारी थालेको हो ।
बीमा कमपनीको चुक्ता पूँजी बृद्धि गराउनको लागि बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार बोर्ड बैठक बोलाएका छन् ।
बोर्ड बैठकले पारित गरे तत्कालै लागू हुने गरी बीमा कम्पनीहरुले चुक्ता पूँजी वृद्धि गर्नुपर्ने छ । पूँजी वृद्धि र लघुबीमाको सञ्चालन अनुमति दिने विषयमा छलफल गर्न भन्दै अध्यक्ष सिलवालले बिहीबार साझका लागि बोर्ड बैठक बोलाएका हुन् ।
बीमा समिति स्रोतका अनुसार कापनीहरुको चुक्ता पूँजी दोब्बरले बढाउने भन्ने विषयमा अनौपचारिक कुरा भएको छ, तर दोब्बर भन्दा बढीले बढ्ने सम्भावना पनि रहेको छ । हाल सञ्चालनमा आएका निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ तोकिएको छ । अब यसलाई बढाएर निर्जीवन बीमको चुक्ता पूँजी साढे २ अर्ब र जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब बढाउने प्रस्ताव अध्यक्ष सिलवालले बोर्ड बैठकमा लैजानेछन् ।
बीमा समितिले गठन गरेको पूँजी बृद्धि सम्बन्धी कार्यदलले गरेको छलफलमा हाल कायम चुक्ता पूँजीलाई दोब्बर भन्दा बढिले बृद्धि गर्नुपर्ने निष्कर्ष निकालेको हो । कार्यदलको निष्कर्ष अनुसार जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब रुपैयाँ पुर्याईने निष्कार्ष निकालेको हो । यता पुनर्बीमा कम्पनीको चुक्ता पुँजि २० अर्ब हुनुपर्ने छ ।













