ग्रीन भेन्चर्सको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । ग्रीन भेन्चर्स लिमिटेडको शेयर रजिष्ट्रार गर्नको लागि दुवै कम्पनीबीच सम्र्झाता भएको हो ।
उक्त समझौतामा ग्रीन भेन्चर्स लिमिटेडको तर्फबाट प्रमुख वित्तीय कार्यकारी अनिल अग्रवाल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् ।
शेयर राजिष्ट्रारको रुपमा क्यापिटलले ग्रीन भेन्चर्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।
कम्पनीले चैत ८ गते मंगलबार चैत्र ११ गतेसम्म ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरु र २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।













