ग्रीनको नवौं वार्षिक साधारण सभा सम्पन्न
ग्रीनको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट बैंकको नवौं वार्षिक साधारण सभा चैत्र १२ गते शनिवार सम्पन्न भएको छ ।
पोखरामा सम्पन्न वार्षिक साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्त सम्मको वासलात तथा आर्थिक बर्ष २०७७–७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।
बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा संचालक विश्व मोहन अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सभा संचालन बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव उमेश कुमार आचार्य गरेका थिए ।
बैंकको साधारण सभामा शेयरधनीहरुले राखेका जिज्ञासा उपर प्रमुख कार्यकारी अधिकृत आचार्यले वैंकको तर्फबाट प्रष्ट पारेका थिए । बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयहरु मार्फत् आफ्ना सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
बैंकले गण्डकी प्रदेश सरकारले कारोना भाईरसको प्रभाव परेका व्यवसायलाई लक्षित गरि संचालनमा ल्याएको व्यवसाय जिवन रक्षा कोष अन्तर्गतको कर्जा प्रवाहलाई प्राथमिकता दिएको छ ।













