एनआईबिएलले फिर्ता गर्याे एनआईबिएल समृद्धि फण्ड-१ मा गरेको लगानी
एनआईबिएलले फिर्ता गर्याे एनआईबिएल समृद्धि फण्ड-१ मा गरेको लगानी
काठमाडौं । एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड १ गत पौष २२ गते परिपक्व भएको थियो । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल समृद्धि फण्ड १ गत पौष २२ गते परिपक्व भएको थियो ।
“एनआईबिएल समृद्धि फण्ड -१” ले आफ्नो इकाईधनीहरुले लगानी गरेको रकम चैत १३ गतेदेखि फिर्ता गरेको छ । फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गरेको क्यापिटलले जनाएको छ ।
उक्त योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । योजनाको अन्तिम प्रतिइकाई खुद सम्पत्ति मुल्य १२.७४ रुपैयां कायम भएको थियो । उक्त रकम अनुसारनै फिर्ता भुक्तानी गरिएको क्यापिटलले बताएको छ ।
सचांलन अवधि ७ वर्ष रहेको योजनाले औषत वार्षिक १७.९९ प्रतिशत प्रतिफल प्रदान गरेको छ । आर्थिक वर्ष २०७७–७८ मा इकाईधनीहरुले सर्वाधिक ३५ प्रतिशत नगद लाभांश पाएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७२–७३, २०७३–७४, २०७४–७५, २०७५–७६ र २०७६–७७ मा क्रमशः १५ प्रतिशत, १८ प्रतिशत, १२ प्रतिशत, ६.५ प्रतिशत र १२ प्रतिशत नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए ।
हालसम्म क्यापिटलले “एनआईबिएल म्युचुअल फण्ड“ अन्तर्गत ३ वटा बन्दमुखी र १ खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । साथै नयाँ बन्दमुखी योजना “NIBL Growth Fund” नेपाल धितोपत्र बोर्डमा पेश भएर प्रारम्भिक चरणमा रहेको छ ।













