साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली चैत १५ गतेदेखि चैत्र ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश तथा साधारण सभामा सहभागीता जनाउन पाउनेछन् ।
साल्ट ट्रेडिङ्गले लाभांश पारित गर्न चैत ३० गते बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.५ व्रतिशत अर्थात् ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।












