मञ्जुश्री फाइनान्सको ४० प्रतिशत र सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा
मञ्जुश्री फाइनान्सको ४० प्रतिशत र सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर पठाएको छ ।
दुवै संस्थाले सम्बन्धित शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिदिएका हुन् । जसमा मञ्जुश्री फाइनान्सले गत पुस १४ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको खातामा ४० प्रतिशत बोनस शेयर पठाइदिएको हो ।
त्यस्तै, सबैको लघुवित्तले पनि गत मंसिर १८ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको खातामा ३१.०५ प्रतिशत बोनस शेयर पठाइदिएको हो ।
अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने जनाएको छ । त्यसपछि मात्रै बोनस शेयर जम्मा गरिने कम्पनीको भनाई छ ।













