यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय
काठमाडौं । सरकारले चैत्र १४ गते बसेको मन्त्रीपरिषद बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । चैत १४ गते सोमबार बसेको मन्त्रीपरिषद्को बैठक विभिन्न शिर्षकमा १४ वटा निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय:
कतारको राजधानि दोहामा २०२२ मार्च २६ र २७ मा सम्पन्न हुने दोहा फोरमको २० औँ संस्करणको सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलको नेतृत्वको टोलीको भ्रमणमा समर्थन गर्ने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री तोयम रायको मिति २०७८,१२,१८ देखि २०७८,१२, २७ सम्मको भारत भ्रमण स्वीकृत गर्ने ।
नेपाल राजश्व परामर्श विकास समितिको सदस्यमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर ८ श्री लेखनाथ शर्मा पंगेनी र काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर १ का डा। जीवन अंगाईलाई नियुक्त गर्ने ।
जनवादी गणतन्त्र चीन सरकारले प्रश्ताव गरेको आर्थिक तथा आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययन सम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने ।
चीन सरकारसँग भएको इप्लीमेण्टेशन एग्रिमेण्ट अफ चाइना एड अन आयल एण्ड ग्यास रिसोसेस सर्भे प्रोजेक्ट नेपाल सम्झौता दुई वर्ष समयावधि थप गर्ने ।
नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि, कोटा फ्रि सुविधा सम्बन्धी एलओई स्वीकृत गर्ने ।
नेपाल र जनवादी गणतन्त्र चीनबीच ग्रेड आवद्धताको सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता स्वीकृत गर्ने ।
दुग्ध विकास संस्थाको महाप्रवन्धक पदमा बलरा नगरपालिका ३ सर्लाही निवासी सञ्जिव झालाई नियुक्त गर्ने ।
जापानका लागि नेपालका पूर्व राजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने द अर्डर अफ जापानद अर्डर अफ राइजिङ सन गोल्ड एण्ड सिल्भर स्टार सम्मान ग्रहण गर्न स्वीकृत दिने ।
राष्ट्रिय भूमि आयोगको सदस्यमा श्री भैरव रेग्मी तानसेन ४ पाल्पा र नापी विभाग उपमहानिर्देशक श्री करुणा केसीलाई तोक्ने ।
चितवन इन्जिनियरिङ क्याम्पस रामपुर चितवनलाई ब्याचलर अफ आर्किटेक्चरमा विद्यार्थी संख्या २४ जना सहितको नयाँ कार्यक्रम अध्ययन, अध्यापन गराउन अस्थायी मान्यता प्रदान गर्ने ।
तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने ।
लोकसेवा आयोग तथा न्यायसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापना गर्ने ।
नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने ।
नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने ।
















