सोमबार पनि रोकिएन शेयर बजारको ओरालो यात्रा, राष्ट्र उत्थान र नेष्डो समृद्धको शेयर मूल्य १० प्रतिशत बढ्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सोमबार पनि रोकिएन शेयर बजारको ओरालो यात्रा, राष्ट्र उत्थान र नेष्डो समृद्धको शेयर मूल्य १० प्रतिशत बढ्यो



काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । निरन्तर ओरालो लागिरहेको शेयर बजार सोमबार पनि निरन्तरता पाएको हो ।

स्थानिय तहको निर्वाचनको चहलपहल शुरु भएपछि शेयर बजार बढ्छ भन्ने मानसिकता लगानीकर्तामा रहेको थियो । तर चुनाव नजिक आउँदै गर्दा पनि शेयर बजार पुन राताम्य स्थितिमा पुगेको छ ।

लामो समयदेखि बजार करेक्सन हुँदै बजार घट्दै आएको छ । लगानीकर्ताको मनोबल बजारमा करेक्सनको डरले छोड्न सकेको देखिदैन । बजारमा तरलता अभाव बढ्नु र ब्याजदर बृद्धिले नै शेयर बजार घटेको शेयर विज्ञहरु बताउँछन् ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ अंकमा बन्द भएको छ । यसअघि आइतबार नेप्से सूचक ३०.८९ अंकले घटेर २५१३.४१ अकंमा बन्द भएको थियो ।

सोमबार दिनभरिमा २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर ३१ हजार ५६७ पटक किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार दिनभरिमा २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर २८ हजार ११३ पटक किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार सबै समूहमा राताम्य छाएको छ । बैंकिङ समूह ०.२९ प्रतिशत, ब्यापार समूह १.३४ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, विकास बैंक समूह ०.६ प्रतिशत, हाइड्रोपावर समूह ०.८५ प्रतिशत, फाइनान्स समूह ०.७१ प्रतिशत, निर्जीवन बीमा समूह १.६५ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह ०.२६ प्रतिशत, अन्य समूह १.०४ प्रतिशत, माकइक्रोफाइनान्स समूह ०.४३ प्रतिशत, जीवन बीमा समूह ०.९१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.११ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.६९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, सोमबार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, इमर्जिङ्ग नेपालको शेयर मूल्य ९.१२ प्रतिशतको शेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्