११ श्रावण २०८३, सोमबार

नयाँ वर्षमा एनआईबिएको अफर: २ हजारमा जीवनभर डिम्याट र मेरोशेयर नवीकरण



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा अफरहरु लयाएको छ । क्यापिटलले नयाँ बर्षको अवसरमा लगानीकर्ताहरुलाई विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको हो ।

एनआईबिएल एस क्यापिटल लिमिटेड नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको कम्पनी हो । क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै निम्न योजनाहरु ल्याएको हो ।

  • मात्र २००० रुपैयाँमा जीवनभरलाई डिम्याट र मेरोशेयर नवीकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागु हुने
  • लगानी व्यवस्थापन सेवामा आवद्घ भई पहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट
  • व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले २०७९ रुपैयाँ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका

यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ ।