पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रष्ठे सुप्रबल जनसेवा श्रीद्धारा बिभूषित
काठमाडौं । पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रष्ठेसुप्रबल जनसेवाश्रीद्धारा बिभूषित भएका छन् । नेपालको उधोग तथा व्यवशायिक क्षेत्रमा लामो समयदेखि सेवा गदै आएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रष्ठेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरेकी हुन् ।
नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उधोग तथा व्यवशायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरिएको हो ।
राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ । देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो ।
५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यशायिक घराना पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङकी लगायत निर्माण साम्रागीको उत्पादन तथा इन्सुरेन्स, हाइडोपावर , बैकिङ क्षेत्रमा समेत लगानि गदै आएको छ ।













