११ श्रावण २०८३, सोमबार

जीवन बीमाको लाभांशः सबैभन्दा धेरै एशियनले बाँड्दा ३ कम्पनीका शेयरधनी पहिलो बर्ष नै लाभांश पाउँदा मख्ख



काठमाडौं । बीमा समतिका अनुसार हाल १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । जसमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न १२ जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । हालसम्म सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये ९ बीमा कम्पनीले मात्रै लाभांश वितरण गरेका छन् । जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गरेका हुन् ।

हालसम्म प्राइम लाइफ, सूर्या लाइफ, रिलायन्स लाइफ, ज्योति लाइफ, नेपाल इन्स्योरेन्स, एशियन लाइफ, नेशनल लाइफ, एलआइसी नेपाल र सानिमा लाइफले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गरेका हुन् । जसमध्ये ज्योति लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरेको बर्ष नै शेयरधनीलाई लाभांश वितरण गर्न सफल भएका छन् ।

प्राइम लाइफ इन्स्यारेन्सले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.८७ प्रतिशत नगद गरी कूल १५.८७ प्रतिशत लाभांश वितरण गरेको हो ।

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको १२.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगद गरी कूल १३.३६८४ प्रतिशत लाभांश वितरण गरेको हो ।

त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको हो ।

त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद वितरण गरेको हो ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको हो ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको हो ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) एलआईसीले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको हो ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद गरी कूल २७ प्रतिशत लाभांश वितरण गरेको हो ।

त्यस्तै, सानिमा लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७६–७७ को नाफाबाट कायम चुक्ता पूँजीको ४.२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद गरी कूल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीमध्ये सानिमा लाइफको बाहेक अन्य सबै कम्पनीहरूले साधारण सभाले समेत पारित गरिसकेको छ ।

आर्थिक बर्ष २०७६–७७ को नाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा एशियन लाइफ इन्स्योरेन्स बनेको छ । त्यस्तै, सबैभन्दा कम लाभांश वितरण गर्नेमा सानिमा लाइफ इन्स्योरेन्स रहेको छ ।

जसमध्ये, एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत समेत भईसकेका छन् । अन्य कम्पनीको पनि सूचीकृत हुने तयारीमा छन् ।

अब नेप्सेमा सूचीकृत कम्पनी मध्ये लाभांश घोषणा गर्न बाँकी रहेका गुराँस लाइफ मात्रै बाँकी रहेको छ । अन्य दुई कम्पनी यूनियन लाइफ र प्रभु लाइफ लाभांश बिना नै साधारण सभा बोलाएका हुन् ।