साल्ट ट्रेडिङ कर्पोरेशनद्धारा लेखा परिक्षक नियुक्त
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लेखा परिक्षक नियुक्त गरेको छ । कम्पनीले लेखा परीक्षकका रुपमा श्री एन अमात्य एण्ड कम्पनी चार्टड एकाउण्टेण्टस् लाई नियुक्त गरेको हो ।
कम्पनीको चैत ३० गते सम्पन्न ५५औं वार्षिक साधारण सभाको निर्णय अनुसार आर्थिक वर्ष २०७८।०७९ को वार्षिक हिसाब लेखा परिक्षण गर्ने उक्त एकाउण्टेण्टस्लाई नियुक्त गरेको हो ।












