सत्ता गठबन्धनबीच महानगर भागवण्डामा सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ ।
मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।
नेपाली कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरमा मेयरका लागि उम्मेवार पाउने भएका छन् । त्यस्तै मओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानरपालिकामा उम्मेदवारी पाउने भएका हुन् ।













