१२ श्रावण २०८३, मंगलबार

आइएमई जनरल इन्स्योरेन्सका शेयरधनी मालामाल



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २४ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको साधारण सभा बैशाख ९ गते शुक्रबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौँमा सम्पन्न भएको हो ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ–नयाँ सेवाहरु सहित छुट्टै पहिचान बनाउन सफल भएको बताएका छन् ।

इन्स्योरेन्स कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको छ । चालु आर्थिक वर्षमा नै प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भव्य भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढेको जनाएको छ ।