आइएमई जनरल इन्स्योरेन्सका सीईओको तलव १४.३८ प्रतिशत बढ्दा सञ्चालको भत्ता कति ?
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक तलव ७८ लाख रुपैयाँ भन्दा बढी रहेको छ । इन्स्योरेन्सका सीईओ योगेश भक्त वादे श्रेष्ठले गत आर्थिक बर्ष २०७७–७८ मा ७८ लाख २२ हजार ६६४ रुपैयाँ पारिश्रमिक वापत बुझेका हुन् ।
अघिल्लो बर्षभन्दा गत बर्षमा सीईओ तलव बढेको छ । अघिल्लो आर्थिक बर्ष २०७६–७७ मा सीईओ वार्षिक तलव ६८ लाख ३९ हजार ११३ रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक बर्षको तुलनमा गत आर्थिक बर्ष २०७७–७८ मा सीईओको तलव ९ लाख ८३ हजार ५५१ रुपैयाँ अर्थात १४.३८ प्रतिशत बढेको हो ।
त्यस्तै, गत आर्थिक बर्ष २०७७–७८ मा इन्स्योरेन्स कम्पनीका सञ्चलाकहरुले बैठक भत्तावापत २५ लाख ३५ हजार ५ सय रुपैयाँ बुझेका छन् । अघिल्लो आर्थिक बर्ष २०७६–७८ मा २३ लाख ४९ हजार ५ सय रुपैयाँ बैठक भत्ता वापत बुझेका थिए ।
गत बर्ष इन्स्योरेन्सको व्यवस्थापन खर्च भने ६.०२ प्रतिशत घटेको छ । अघिल्लो बर्ष २१ करोड ७० लाख रुपैयाँ रहेकोमा गत बर्ष २० करोड ४८ लाख रुपैयाँ मात्रै व्यवस्थापन खर्च गरेको छ ।













