१२ श्रावण २०८३, मंगलबार

एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बैशाख ११ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बैशाख १२ गते बुक क्लोज गर्ने हुदाँ बैशाख ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद गरी कूल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २७ औं वार्षिक साधारण सभा बैशाख २१ गते अग्रवाल भवन, कमलपोखरी काठमांडौमा दिउसो २ बजे बोलाएको छ ।

उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्ने प्रस्ताव पारित गर्ने र कम्पनीको चुक्ता पूँजी बृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव पारित गर्ने छ ।

साथै, संचालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनी बमूह (ख) बाट २ जना संचालकहरुको निवाचन गर्नेछ । निजीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता प्रदान गर्नेछ ।