१२ श्रावण २०८३, मंगलबार

प्रदेश ७ का कर्मचारीलाई सूर्या लाइफ इन्स्योरेन्सले दियो क्षमता अभिवृद्धि तालिम



काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारीहरुलाइ एक दिने तालिम सम्पन्न गरेको छ । कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने हेतुले उक्त तालिन संचालन गरेको हो ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको होटल दिनेश संचालन बैशाख १० गते भएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख अथिती र पश्चिम बजार प्रमुख शैलेश क्षेष्ठको विशिष्ट अथिति रहनु भएको थियो भने प्रदेश प्रमुख जगदिश प्रसाद भट्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कम्पनिले कर्मचारिहरूलाई बीमा र यसको क्षेत्र अवस्था लगायत विभिन्न बिषयमा प्रशिक्षण दिइएको अत्तरिया शाखा प्रमुख नरेश भट्टले जानकारी दिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवरणको महत्व बारेमा प्रमुख प्रशिक्षण दिएका थिए ।

त्यसै गरी वृत बिभागका सुमित सिन्हाले सहभागीहरुलाई प्रशिक्षण दिएका दिएका हुन ।