१२ श्रावण २०८३, मंगलबार

गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सुनुवाइ आज



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज (बैशाख १५ गते) सुनुवाइ हुदैछ । न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलासमा गत मंगलबार गभर्नर अधिकारीको मुद्दाको सुनुवाइ सुरु भएको थियो ।

उक्त सुनुवाइमा मुद्दालाई हेर्दाहेर्दैमा राखिएको थियो । सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । सरकारले जाँचबुझ समिति बनाएसँगै अधिकारी गभर्नरबाट स्वतः निलम्बित भएका थिए ।

सरकारले आफूमाथि पूर्वाग्राही ढंगले कानुनविपरीत कारबाही गरेको भन्दै अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइए पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अधिकारीमाथि कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेशका साथै छानबिन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेशसमेत इजलासले जारी गरेको थियो ।