आरआर क्याम्पसले बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म वर्षे विदा दिने
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसले बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म वर्षे विदा दिने भएको छ । क्याम्पसले एक सूचना प्रकाशित गर्दै उक्त अवधि भर वर्षे विदा दिन लागेको जनाएको हो ।
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाबाट बैशाख १५ गते प्रकाशित सूचना अनुसार चालु शैक्षिक सत्रको वर्षे विदा दिन लागेको हो ।
साथै वर्षे विदाको समयमा पनि क्याम्पस प्रशासन खुला रहेकछ । बिसिए कार्यक्रमको पूर्व निर्धारित आन्तरिक मूल्याङ्कन परीक्षा तोकिएको तालिका बमोजिम संचालन हुने आरआर क्याम्पसले जनाएको छ ।














