काठमाडौं महानगरकी एमाले उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच वर्षदेखि सल्लाहकारको नियुक्ति लिइ गैरकानुनी रुपमा तलब लिएको भन्दै अख्तियारमा उजुरी परेको हो । समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने र ५ वर्षसम्म मासिक रु ८० हजारका दरले गैह्र कानुनी रुपमा तलबभत्ता प्राप्त गरेको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को कसुरमा सजय गराई रकम तथा जरीवानासमेत असुल गराउन उजुरीमा उल्लेख छ ।
उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।















