शिखर नगरपालिका ११ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार दिपक रोकायाको चौर्तफि चर्चा
काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागि गाउँ घरमा घरदैलो कार्यक्रम बढ्दै गइरहेको छ । डोटी जिल्ला शिखर नगरपालिका वडा ११ मा पनि युवा नेता दिपक रोकायाको चौर्तफि चर्चा व्यापक भइरहेको पाइएको छ ।
रोकाया नेकपा एमालेबाट शिखर नगरपालिका वडा न ११ का वडा अध्यक्ष उम्मेदवार हुन । उनी लामो समय स्थानिय क्षेत्रका बासिन्दाको घरदैलोको धरातल बुझेका युवा उम्मेदवार हुन । युवा देखि वृद्धिसम्मको जोश जागर तथा हौसला लिएर अगाडि बढेका रोकाया विभिन्न एजेण्डा र एजेण्डा कार्यन्वयनका आधार सहित प्रस्तुत भएका छन् । उनी डिप्लोमा सिभिल इन्जिनियरिङ उत्तिर्ण ब्यक्ति हुन ।
उनले प्रस्तुत गरेका एजेण्डाहरुमा ब्यक्तिगत मासिक सेवा सुविधाको कम्तीममा १० प्रतिशत रकम गरिब, दलित, जेहन्दार, मिहिनेति, टुहुरो तथा अपाङग ब्यक्तिको शिक्षा तथा स्वस्थका लागि छुट्याउने, वर्षको कम्तीमा एक पटक जेष्ठ नागरिक तथा अपाङ ब्यक्तिहरुलाई सम्मान तथा आदर कार्यक्रम, ३ महिनाको अन्तरमा सिमार देखी मल्लिसातसम्म जनताका पिर मार्का बुझ्न तथा सुल्झाउन घरदैलो, वडा बाट एसइईमा सबै भन्दा बढी अंक ल्याउने २ जना छात्र र २ जना छात्रा तथा लोक सेवा नाम निकाल्न सफल ब्यक्तिहरुलाई सम्मान गरिने रहेको छ । त्यस्तै, विभिन्न सिचाइ कुलोहरुलाई पुर्ण ब्यवस्थित बनाउने, वडामा डिजिटल सूचना बोर्ड स्थापना गरिने, पुर्ण गरिब तथा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई कार्यालयबाट दिइने सेवा निशुल्क गरिने, सर्वसाधारण लागि कार्यालय प्रयोजनका लागि फोटोकपी निशुल्क, शिखर ११ मा पुर्ण रुपमा विद्युत बिस्तार गरिने, वडा कार्यालयका कामहरु ब्यवस्थित, पार्दशि र दिगो रुपमा गर्न विभिन बिज्ञहरुको सहभागितामा एउटा सल्लाहकार समिति बनाउने, आवश्यकता अनुसार वडा कार्यालयको छुटै एक्बुलेन्स खरिद गर्ने कुरा समेत घोषण पत्रमा समेटेका छन् ।।

साथै, वडामा कम्तिमा २ वटा हाई स्कुल स्थापकनाको पहल, वडालाई जोड्ने चार वटै झोलुङे पुलहरुमा सम्पुर्ण धार्मिक तथा सार्वजनिक स्थानमा सोलार तथा बिजुली लाइट, बानडुग्रेसन नाली सडक निर्माणका लागि दबाब मुलक कार्यक्रम, महिला, दलित तथा अन्य पिछडिएका वर्गको हक हितका लागि विशेष कदर, स्थानीय स्तरमा रोजगारी सृजना गर्न विभिन्न साना तथा घरेलु उद्योग स्थापना गर्न विभिन्न पहल, कृषिको आधुनिकिकरण गर्न, खेलकुल धर्म भाषा तथा संस्कृती (पन्चैबाजा, छलिया, हुड्केउली, फाग) संरक्षण तथा बिकासको लागि पहल गर्ने लगायतका एजेण्डा रहेका छन् ।
त्यस्तै गरि युवाको क्षमता विकास गर्ने क्लब मार्फत विभिन्न तालिम संचालन, नयाँ सोच र प्रविधिका साथ केही गर्न इच्छुक युवालाई विभिन्न सहुलियत दिने, विदेशबाट फर्किएका युवाहरुलाई उद्यम गर्न प्रोत्साहन, सरकारी विद्यालयहरुको गुणस्तर सुधार, शिद्द्बाबा क्लबले परिकल्पना गरेको गोल्मागाढ बारपाटा सिमखोली मोटरेबल बाटोलाई तुरुन्त प्रारम्भ, आवश्यकता अनुसार वडाका विभिन्न ठाउँमा स्वास्थ्य चौकी निर्माण, वडा भरी शुद्ध खानेपानीको ब्यवस्था, सेति नदिको कटान रोक्न दिगो पहल कदम उडाउने, बन जंगलको संरक्षण र बाढी पहिरो रोकथामका लागि बिशेष पहक कदम चाल्ने तथा वडालाई नमुना वडा बनाउने रोकायाको घोषणा पत्रमा उल्लेख गरेको छ ।

भाषणमुखी नभइ जनताको आवश्यकता र मागमुखी बन्ने उनको भनाइ रहेको थियो । रोकायाले विदेशीका युवाहरुलाई स्थानिय क्षेत्र मै सिर्जनात्मक तालिम प्रदान गरि स्वारोजगारी प्रदान गर्ने आफ्नो भुमिका हुने प्रतिबद्धता गरेका छन् ।














