जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । सरकारले जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । बैशाख २५ गते बसेको मन्त्रीपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बोलाउन सिफारिस गरेको हो ।
जेठ ३ गते अर्थमन्त्री जनादर्न शर्माले बजेटको प्राथमिकताका विषय सदनसमक्ष पेश गर्नेछन् । त्यसपछि जेठ ४ गते प्रिबजेट छलफल हुनेछ र अर्थमन्त्रीले जवाफ दिएपछि जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको जनाइएका












