१३ श्रावण २०८३, बुधबार

माछापुछ्रे क्यापिटलको कार्यवाहक सीईओमा निरज मान सैंजु नियुक्त



काठमाडौं । माछापुछ्रे क्यापिटल लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा निरज मान सैंजु नियुक्त भएका छन् । वैशाख २५ को संचालक समितिको बैठकबाट कम्पनीका कार्यवाहक सीईओमा पदमा सैंजुलाई नियुक्त गरेको हो ।

सैंजुको नियुक्तपूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्माले गरेका थिए । सैंजुको माछापुछ्रे बैंक तथा अन्य वैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।