अज्ञात समुहद्धारा मुगुमा नेपाल टेलिकमको टावर तोडफोड
काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधिमा मुगुको सोरु गाउँपालिका स्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेको छ । सोरु गाँउपालिका–३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो ।
२४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएको प्राविधिक टोलीले २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन (२६ वैशाख) मै पुनः तोडफोड भएको नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताए ।












