जेठबाट बैंकहरुमा पनि २ दिन सार्वजनिक बिदा दिन राष्ट्र बैंकको निर्देशन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जेठबाट बैंकहरुमा पनि २ दिन सार्वजनिक बिदा दिन राष्ट्र बैंकको निर्देशन



काठमाडौ । नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्था शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ । राष्ट्र बैंकका गभर्नरको आज (वैशाख २८ गते)को स्वीकृतिबमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

ती सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउन पनि निर्देशन दिइएको छ । यसैगरी जेठबाट बैंकिङ कारोबार समय बिहान ९ः३० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ः३० बजेबाट अपराह्न ३ः३० बजेसम्म तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्