१२ श्रावण २०८३, मंगलबार

प्राइम लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष २५.९० प्रतिशतले वृद्धि, अन्य सूचांक कस्तो ?



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय सार्वननिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको १७.०९ प्रतिशतले घटेर १८ करोड ९५ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २२ करोड ८६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १३.५८ प्रतिशतले ३ अर्ब ४९ करोड ४६ हजार २२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २ अर्ब ३२ करोड २ लाख २९ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५.२१ प्रतिशतले बढेर ९२ करोड ९६ लाख ७४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीका जगेडा कोष १९ प्रतिशतले घटेर ५० करोड ५४ लाख ८८ हजार रुपैयाँ, जीवन बीमा कोष २५.९० प्रतिशतले १७ अर्ब ६३ करोड ११ लाख ३७ हजार रुपैयाँ, महाविपत्ती कोष १९.७० प्रतिशतले बढेर १७ करोड ६७ लाख ५९ हजार रुपैयाँ, ब्यवस्थापन खर्च २.५४ प्रतिशतले बढेर ४४ करोड ७५ लाख ८१ हजार रुपैयाँ, अभिकर्ता कमिशन ७ प्रतिशतले घटेर ३२ करोड ३८ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ ।