एभरेष्ट इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ११.१२ प्रतिशतले घट्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार २६.२१ प्रतिशतले घटेर १० करोड ९४ लाख २५ हजार रुपैयाँ रहको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी १४ करोड ८२ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद बीमा शुल्कले ११.१२ प्रतिशतले घटेर ३४ करोड ५८ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले खुद बीमा शुल्क ३८ करोड ९१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको कुल बीमा शुल्क आम्दानी १७.९७ प्रतिशतलृ बढेर ९२ करोड ७४ लाख ३३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधि कुल बीमा शुल्क आम्दानी ७८ करोड ६१ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनी जगेडा कोष ५.०९ प्रतिशतले घटेर ३३ करोड ९ लाख ८१ हजार रुपैयाँ, बीमा कोष १६.४५ प्रतिशतले बढेर ४६ करोड ६८ लाख २७ हजार रुपैयाँ, खुद दाबी भुक्तानी ८४.०४ प्रतिशतले २७ करोढ ७५ लाख ८६ हजार रुपैयाँ, ब्यवस्थापन खर्च २५.४९ प्रतिशतले घटेर १४ करोड ५७ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३३ पैसा र प्रति शेयर नेटवर्थ १६७ रुपैयाँ ४० रुपैयाँ रहेको छ ।













