बालेन साह स्थापित भन्दा १०३० मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले २४५७ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १४२७ मतका साथ पछ्याइ रहेका छन् ।
यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह ११६८ मत ल्याएर तेस्रो स्थानमा छिन् । यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले २००० मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५८० मत ल्याएका छन् ।












