१३ श्रावण २०८३, बुधबार

तेस्रो त्रैमाससम्ममा नागरिक लगानी कोषको वित्तीय विवरण कस्तो



काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त सार्वजनिक विवरण अनुसार कोषको नाफा बढेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कोषले नाफा ४ प्रतिशतले बढेर ६१ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कोषले ५९ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कोषको कुल आम्दानी गत आर्थिक वर्षको तुलनामा ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैसाससम्मको अवधिमा कोषकोे कुल आम्दानी ९९ करोड ५९ लाख रुपैयाँबाट बढेर १ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कोषको चुक्तापूँजी ३ अर्ब २७ करोड रहेको छ भने शेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कोषको प्रतिशेयर आम्दानी २७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ ।