१३ श्रावण २०८३, बुधबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन गर्ने अनेरास्ववियु चेतावनी



काडमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध देशभर आन्दोलन गर्न अनेरास्ववियुका मातहतका कमिटीलाई निर्देशन दिएकी छन् ।

चरम मूल्यवृद्धि हुँदा समेत सरकार कानमा तेल हालेर बसेको भन्दै अध्यक्ष बरालले तत्काल मूल्यवृद्धि फिर्ता तथा नियन्त्रणमा नलिए आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियु जोडदार माग गरेको छ ।

‘स्थानीय तह निर्वाचनमा मत खसाउन आफ्नो गाउँघर गएका जनतालाई मतदानको मसी नसुक्न नपाउदै जनतामारा सरकारले मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ । मुल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई, इन्धनको नाममा सरकार विभिन्न कर लगाएर राजस्व उठाएर कमाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रणलाई बेवास्ता गरी कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ, अनेरास्ववियुका निकालेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

सरकारले स्थानिय तहको निर्वाचन सकिएको १ दिन मै डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको थियो ।