त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धित कलेजमा आइतबार बिदा नहुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धित कलेजहरुमा सरकारले दिन लागेको आइतबार बिदा नदिने भएको छ । विश्वविद्यालय एक सूचना सार्वजनिक गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो ।
कोरोना भाइरसको असरले गर्दा शैक्षिक पात्रो ढिलो भएको र पठन पाठक र परिक्षा तालिका पहिले नै निर्धारण गरेको हुदा आइतबार बिदा नदिने भएको हो । सरकारको वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थलाइ देखाएर आइतबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
कोरोना भाइरसले थला परेको शैक्षिक सत्र लाइ उकास्न बिदा दिनु उचित नभएको कुरा उठि रहेको थियो ।














