भतरपुरमा विजय सुवेदीको अग्रता कायमै, रेनु ३७ मतले पछाडि
काठमाडौं । सबैंको चासोको चितवन भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ३७ मतले पछि पर्नु भएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले ४ हजार १ सय ८१ मत ल्याउदा रेनु दाहालले ४ हजार १ सय ४४ मत प्राप्त गरेकी छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत प्राप्त गर्नु भएको छ ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ४ हजार ८ सय २८ मत पाउदाँ उनलाई राप्रवाकी उम्मेदवार हिमानी गुरुङले ३ हजार २८७ मत सहित पछ्याइरहेको छिन ।













